७ पुस २०८२, सोमबार | December 22, 2025

एमाले-माओवादी गठबन्धनलाई ढलाएर सिद्धार्थनगर ७ भैरहवामा वडा अध्यक्ष जितेका भिमसेनले त्यागे नेपाली कांग्रेस



भैरहवा । जिवनभर कांग्रेस बाहेक अन्यत्र कल्पना नगरेका भैरहवाका कांग्रेसका बुराना नेता भिमसेन कर्माचार्यले पार्टी परित्याग गरेका छन् । २०७४ सालमा तत्कालिन एमाले माओवादी गठबन्धनलाई पराजित गरेर नेपाली कांग्रेसबाट निर्वाचित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहेका कर्मचार्य सहित कांग्रेस वडा नम्बर ७ सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्यले पार्टी परित्याग गरेका हुन् ।

मंगलबार कांग्रेस सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्कालाई राजीनामा दिदै पार्टीकोसाधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको वडा सभापति पौडेलले जानकारी दिए ।

दशकौं देखि अनवरत रुपमा पार्टीलाई उर्जा प्रदान गर्दै योगदान गरेपनि आसन्न निर्वाचनमा पार्टीले मुल्यांकन नगरेका कारण परित्याग गर्नु परेको उनीहरुले बताएका छन् । पार्टी सिद्धान्तमा नभई व्यक्तिवादी हाबी भएकोले र कुनै सल्लाह सुझाव नलिई एकलौटी निर्णय मनपरी पार्टी चलाएको भन्दै साधारण सदस्य समेत नरहने गरी परित्याग गरिएको उनीहरुले पार्टीलाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ११ : ०५ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी