१ चैत्र २०८२, आइतबार | March 16, 2026

तिलोत्तमालाई राष्ट्रमा चिनाउने गरी नयाँ भिजनका साथ निर्वाचनमा उम्मेदवारी दिएको हु : मोहन चापागाईं



बुटवल । निर्वाचन प्रचार प्रसारका क्रममा नेकपा एमाले तिलोत्तमा वडा नं. ३ शाखा कमिटिले बुधबार बृहत्त मोटरसाईकल ¥याली निकालेको छ ।

उम्मेदवारहरुलाई विजयी बनाउने आव्हान गर्दै तिलोत्तमा ३ सहकारी चोकबाट मोटरसाईकल ¥याली निकालिएको हो ।

¥याली वडाका सवै टोलहरु परिक्रमा गरी तिलोत्तमा स्थित पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख उम्मेदवार मोहन चापागाईले तिलोत्तमाको समग्र विकास, भित्र सडकको स्तरउन्नती, शिक्षाको गुणात्मक विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले बासुदेव घिमिरेले अघि सारेका योजनालाई दिगो बनाउँदै तिलोत्तमालाई राष्ट्रमा चिनाउन गरी नयाँ भिजनका साथ निर्वाचनमा उम्मेदवारी दिएको बताए । ‘तिलोत्तमाको जुन राष्ट्रिय चर्चा छ । त्यो विरासत जोगाउँदै अझ बढि यस क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी हो । त्यसैले केही नसोची ढुक्कका साथ मत दिनुहोस ।’ उनले भने । उपप्रमुखकी उम्मेदवार जागेश्वरी देवी चौधरी नगरबासीका समस्या संग ५ बर्ष नजिक रहेर काम गरेको बताउदै फेरि पनि जनताकै सवक बन्न आफुले उम्मेदवारी दिएको बताईन ।

उनले तिलोत्तमालाई समुन्नत बनाउँदै महिला, बालबालिका, पिछडिएको समुदाय, बर्गको माथी उठाउन आफुलाई जिताउनुपर्ने बताईन । वडा नं. ३ का वडा अध्यक्ष घनश्याम पौडेल (रामु)ले वडामा भएको सडकलाई स्तरउन्नती, ढल निकास र स्मार्ट वडा बनाउन आफुले उम्मेदवारी दिएकाले विजयी बनाउन मतदातालाई आग्रह गरे ।

कार्यक्रममा सदस्यका उम्मेदवारहरु युवराज पराजुली, शारदा भण्डारी, लक्ष्मी घिले, रुक प्रसाद अधिकारी लगाएतको उपस्थित रहेको थियो ।

उक्त ¥यालीको संयोजन भुमि प्रसाद सापकोटा, चिन्तामणी भुसालले गरेका थिए । कार्यक्रम नगर सचिव मिन प्रसाद पोखरेलेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ०७ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन