१२ बैशाख २०८१, बुधबार | April 24, 2024

ओडी कर्जामा थप कडाइ



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रूपमा निर्देशन दिएको भन्दै अहिले विभिन्न बैंकले उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न दबाब दिन थालेको सम्बन्धित व्यवसायीले बताएका छन ।

उनीहरूका अनुसार हाल विभिन्न बैंकले ५० लाख रुपैयाँसम्मको व्यक्तिगत ओडी र व्यावसायिक ओडी दिँदै आएको छ । तर, त्यसरी दिएको ओडी दुरुपयोग भएको निष्कर्षसहित राष्ट्र बैंकले अंकुश लगाउन लागेको हो । सोहीअनुरूप हाल बैंकले पनि आफ्ना ग्राहकलाई ओडी खाता बन्द गर्न दबाब दिन थालेको एक व्यवसायीले जानकारी दिए ।

केही दिनयता बैंकले यसअघि लिएको ओडी कर्जा सुविधा बन्द गर्न भन्दै फोन गर्न थालेको जानकारी गराउँदै एक उद्योगीले भने, ‘अहिले बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै दैनिकजसो फोन गरेर यसअघि चलाएका ओडी सुविधा भुक्तानी गरेर सो कर्जा खाता नै बन्द गर्न दबाब दिइरहेका छन् ।’

तर, त्यसरी बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न लगाउँदा समस्या उत्पन्न हुने अन्य व्यवसायीले गुनासो गरेका छन् । उद्योगी व्यवसायीले व्यावसायिक कार्यका लागि ओडी कर्जा लिएर लगानी गरेको बताउँदै ती व्यवसायीले भने, ‘अहिले बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै त्यस्ता कर्जा तुरुन्त तिर्न दबाब दिँदैमा कसले तिर्न सक्छ र रु’ यो व्यवसायीका लागि निकै अन्यायपूर्ण र अव्यावहारिक काम हुने उनीहरूको भनाइ छ ।

हाल विभिन्न बैंकबाट ओडीमा दिएको कर्जा दुरुपयोग भएको निष्कर्षसहित राष्ट्र बैंकले व्यक्तिगत ओडी कर्जाको सिमा घटाउँदै ५० लाख रुपैयाँमा झारेको थियो । तर, त्यसरी प्रदान गरिएको ओडी कर्जा समेत सही सदुपयोग नभएको भन्दै पछिल्लो समय यस्तो सुविधा नै बन्द गर्न लागेको सम्बन्धित व्यवसायीले आफूलाई जानकारी भएको बताएका छन् । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : ०८ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने