२९ भदौ २०८३, सोमबार | September 15, 2026

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी (राजीनामा पत्रसहित)



काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामा पत्र बुझाएका हुन्।

पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए। थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए।

राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढेपछि पौड्याल असन्तुष्ट रहेको बुझिएको छ । स्थानीय निर्वाचनमा राप्रपा नेपालले एमालेको चुनाव चिह्न सूर्य लिएर उठ्ने भएको छ । सो विषयमा पौड्यालले असहमति जनाएका थिए ।

पौडेल यसअघि संघीय संसद्को निर्वाचनमा राप्रपा, नेपालबाट समानुपातिक उम्मेदवार पनि थिए । उनी राप्रपा नेपालले राजतन्त्रको एजेन्डा त्यागेपछि असन्तुष्ट रहँदै आएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : ३० बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ