१ असार २०८३, सोमबार | June 15, 2026

गठबन्धनमा आबद्ध दलका कार्यकर्ता टाउको समाएर रुँदैछन् : पूर्व उपप्रधानमन्त्री पौडेल



भैरहवा । पूर्व गृहमन्त्री तथा नेकपा एमालेकाउपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगरनगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह निर्वाचन-०७९ उम्मेदवार अभिमुखीकरणका क्रममा पौडेलले कम्युनिष्ट पार्टीभन्दा जेठो पार्टी कांग्रेस भए पनि एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताए ।

उनले भने, ‘अहिलेको गठबन्धनको कुनै अर्थ र औचित्य छैन, गठबन्धनमा आबद्ध दलका कार्यकर्ता अहिले टाउको समाएर रुँदैछन् । पसिना पुछ्दै आशु बगाइरहेका छन् यो गठबन्धन एमाले सामु केही होइन ।’ नेता पौडेलले ६० प्रतिशत पालिकामा एमालेले जित्ने दाबी पनि गरे । उनले पाँच वटा महानगर, नौ वटा उपमहानगर र अधिकांश पालिका जितेर एमालेले स्थानीय सरकार बनाउने बताए ।

यस्तै एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, खिमलाल भट्टराई, भूमिश्वर ढकाल, भरत पोखरेल, सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र थापा, सचिव नारायण भण्डारीलगायतले सिद्धार्थनगर नगर प्रमुखका उम्मेदवार डाक्टर रामप्रसाद बस्यालले अहिलेसम्म धेरैको मुटु र नाडी छामेकोले यस्तो उम्मेदवार कुनै पार्टीमा नरहेको बताए ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : ४२ बजे

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले