१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

तिलोत्तमामा नृत्य निर्देशक कार्यशाला सुरु



बुटवल । नृत्यकर्मी संघ नेपाल र तिलोत्तममा नगरपालिका रूपन्देहीको संयुक्त आयोजनामा शुक्रबारदेखि पाठ्यक्रममा आधारित तिलोत्तमा नृत्य निर्देशक कार्यशाला सुरू भएको छ ।

कार्यशालाको निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै पाण्डेले विद्यालयको पाठ्यक्रममा नृत्यको विषय समावेश गर्न आवश्यक रहेको बताए । समाजको लोक नृत्य बाहिर ल्याउन पर्ने बताउँदै उनले त्यस्कालागि नृत्यकला पाठयक्रममा आउनुपर्ने बताए ।

त्यस्तै बुटवल पब्लिक स्कूलका प्राचार्य हेमलाल भुसालले कला संस्कृत र लोक नृत्य बचाउनको लागि लोकनृत्य संरक्षण गर्दै पाठ्यक्रममा राख्नुपर्ने बताए । तीन दिन चल्ने कार्याशालामा रामजी थापा र अनु रजकले प्रशिक्षण दिनेछन । कार्यशालामा ३५ जना विद्यार्थीको सहभागिता रहने रजकले जानकारी दिए । कार्यक्रमको व्यवस्थापन साधना सांस्कृतिक कला केन्द्र, बुटवलकी व्यवस्थापक प्रेयंका थापाले गरेकी थिइन ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ४५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले