१ असार २०८३, सोमबार | June 15, 2026

नेपालविरुद्द जिम्बावेः पहिलो एकदिवसीय खेल स्थगित



काठमाडौं । वर्षाका कारण नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय क्रिकेट टससमेत नभई स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेल विहान ९ः३० बजेदेखि सुरु हुने भनिएको थियो ।

तर, लगातारको वर्षापछि खेल ओसिलो मैदानका कारण खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो । खेल तालिका पुनः मिलाइने समेत क्यानले जानकारी दिएको छ ।

नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय शृंखला र तीन खेलको ट्वान्टी क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।

शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ३३ बजे

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

म्याग्दी । रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा