११ पुस २०८२, शुक्रबार | December 26, 2025

४९ जिल्लामा मतपत्र ढुवानी, आज लुम्बिनीका १२ जिल्लामा पठाइँदै



काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि ४९ जिल्लामा ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ ।

निर्वाचन आयोगका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीका पोखरा महानगरबाहेक सबै स्थान, बागमतीका ५ जिल्लामा मतपत्र पुगिसकेको छ ।

आज लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको छ ।

मनाङ र मुस्ताङ जिल्लामा हेलिकोप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

निर्वाचन आयोगले १३ वैशाखबाट मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म ६ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ०८ बजे

पुस १५ लाई ‘राष्ट्रिय च्याउ दिवस’ घोषणा, मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट