११ असार २०८३, बिहिबार | June 26, 2026

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन



अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल स्टेसन पछिल्ला केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य केन्द्र बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खला, धौलागिरि, माछापुच्छ्रेलगायत हिमालका साथै आसपासका गाउँ तथा खोँचका मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्न थालेको हो ।

खाँची हिल स्टेसनमा पुग्ने पर्यटकलाई लक्षित गरी खानेपानीको ट्याङ्की निर्माणका लागि पानी बोक्न खच्चरको प्रयोग गरिएको छ । हिल स्टेसनमा पर्याप्त पानी नभएपछि खानेपानीको ट्याङ्की निर्माणका लागि खच्चरलाई पानी बोकाएर काम सुरु गरिएको छ । पञ्चासेमा मुल रहेको खानेपानी हिल स्टेसनसम्म पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट लिफ्टिङ विधिबाट आयोजना सञ्चालन गरिएको सन्धिखर्क-७ का वडाध्यक्ष चुराबहादुर केसीले बताए ।

उनका अनुसार मोटरबाटो नपुगेको स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्न दैनिक सात वटा खच्चरले पानी बोकेर कामलाई तीव्रता दिइएको छ । डोल्पाबाट हिँडेका सात वटा खच्चर जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठान हुँदै अर्घाखाँचीको हिल स्टेसनमा आउन १५ दिन लागेको वडाध्यक्ष केसीले जानकारी दिए ।

“पञ्चासे मुलबाट ट्याङ्की निर्माण हुन लागेको छोर्लेकमा सात वटा खच्चरले दैनिक पाँच पटक पानी लैजान्छन् । एउटा खच्चरले एकपटकमा ७० लिटर पानी बोक्न सक्छ”, उनले भने । प्रतिखच्चर दैनिक रु पाँच हजार दिने गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले जानकारी दिए ।

“यसरी पानी बोकाउँदा करिब एक लिटरको रु १० पर्ने गरेको छ”, उनले भने । खाँचीकोट क्षेत्र पुरानो ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानका रूपमा परिचित छ । हिल स्टेसनसम्म पुग्ने पूर्वाधारसहित अन्य सुविधाको पहुँच सहज बन्दै गएको यो क्षेत्र अर्घाखाँचीको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको वडाध्यक्ष केसीले बताए ।

हिल स्टेसनमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन हुने उनले विश्वास व्यक्त गरे । सन्धिखर्क नगरपालिका, लुम्बिनी प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित निकायले खाँचीकोटलाई व्यवस्थित बनाउन र विकास गर्न योजनाबद्ध रूपमा काम गरिरहेका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

पर्यटन विकाससँगै रोजगारी वृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास नगरपालिकाले लिएको उनको भनाइ छ । सुपा देउरालीमा आएका पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा एकै ठाउँमा समेटिएको खाँचीकोट आगामी दिनमा अर्घाखाँचीको पहिचानका साथै पर्यटन प्रवर्द्धनको मेरुदण्ड बन्ने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ३२ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा