७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रिय जनमोर्चाले स्थानीयतह चुनाव लडेर संघीय सरकार खारेज गर्ने



बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले संघीयता खारेजीकालागि जनमोर्चा स्थानीयतह निर्वाचनमा सहभागी भएको जनाएको छ । जनमोर्चाले आज आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै संघीयताको खारेजी र भ्रष्टाचारको अन्त्यका लागि जनमोर्चाले चुनावमा भाग लिएको जनाएको हो ।

प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले राष्ट्रिय जनमोर्चा केन्द्रीय गठबन्धन प्रति बफादार भएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन लाग्ने बताए । उनले ठुला भनिएका दलले राजमोलाई बेवास्ता गरेको बताउँदै बेवास्ताका बाबजुद प्रतिगमनका विरुद्ध गठबन्धनकै पक्षमा उभिएको स्पष्ट पारे । उनले प्रतिगमनको खतरा कायम रहेको बताउँदै ठुला दल गठबन्धन प्रति इमान्दार नबनेका कारण गठबन्धन बलियो बन्न सक्ने औंल्याए ।

आलमले गठबन्धन प्रति इमान्दार रहने प्रतिबद्धता व्यक्त गरेपनि रुपन्देहीमा नै राजमोले गठबन्धन बाहिरबाट छुट्टै उम्मेदवारी दर्ता गरेर चुनावमा भाग लिएको छ ।

आलमले महंगी नियन्त्रण देखि लिएर उद्योगधन्दा स्थापना गर्ने सम्मका प्रतिबद्धताहरु समावेश गरिएका प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए । प्रतिबद्धतापत्रमा निशुल्क स्वास्थ्य, शिक्षा , प्रदेश सरकारको खारेजी, जेष्ठनागरिकको रेखदेख, ग्रामिण विकास मन्त्रालयको स्थापना गर्ने नाराहरु समावेश गरेको छ ।

राष्ट्रिय जनमोर्चाले रुपन्देहीको १६ पालिका मध्य ५ वटा पालिकामा प्रमुख १ पालिकामा उपप्रमुख सहित विभिन्न पदमा ७४ बढी उम्मेदवारी दिएको छ । बुटवल उपमहानगरमा भने वडास्तरको उम्मेदवारी कायम राख्दै गठबन्धनलाई सघाउने भन्दै प्रमुख र उपप्रमुखको उम्मेदवारी फिर्ता गरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : २१ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने