२७ असार २०८३, शनिबार | July 12, 2026

७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुरको छापिदैँ



काठमाडौं । ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरु हुनेछ ।

जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा नमूनादेखि ३० वैशाखमा निर्वाचन प्रयोजनका लागि मतपत्रका छपाई कार्य भएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजी लगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाईको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

छापिएका मतपत्रमध्ये १८ वैशाखभित्र नै ४९ जिल्लाहरुमा ढुवानी गर्ने काम सम्पन्न गरिसेकेको आयोगले आज दोलखा, सिन्धुली र रामछापका लागि मतपत्रहरु ढुवानी गर्दै छ । ६ महा-नगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले जानकारी दिएका छन् ।

स्थानीय तह निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभावाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ । निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : ३० बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका