५ असार २०८३, शुक्रबार | June 19, 2026

पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली कांग्रेस र एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताएका छन् ।

निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उनले जित्नकै लागि नेपाली कांग्रेसले नेकपा एकीकृत माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका पाँंच दलीय गठबन्धन बनाउनु र नेकपा एमालेले पनि राप्रपालगायतका दलहरूसँंग गठबन्धन गर्नु सिद्धान्तहिन राजनीति भएको बताए ।

‘राजनीति पद, पैसा र पावरको लागि गर्ने होइन, यो त देश र जनताका लागि गर्ने हो, नेपाल मजदुर किसान पार्टी ७ नम्बर वडा निर्वाचन परिचालन समिति भक्तपुरले सोमबार गरेको जनतासँंगको साक्षात्कार कार्यक्रममा बिजुछेंले भने, ‘पैसा कमाउने भए राजनीति होइन, व्यापार व्यवसायमा लाग्नुहोस् ।’ उनले यस पटकको निर्वाचन देश बचाउने की नबचाउँने भन्ने दुई पक्षबीचको लडाई भएको बताए ।

एउटा पक्ष एमसीसी पास गरेर देश बेच्ने पक्षमा रहेको र अर्को पक्ष एमसीसीकाविरुद्ध लागेर देश जोगाउने पक्षमा रहेको उनको भनाइ छ । आफूहरू एमसीसीको विपक्षीमा रहेर निरन्तर देश जोगाउने पक्षमा रहेको उनको भनाइ थियो । उनले एमसीसी पास गरिसकेपछि पनि आफूहरूको निरन्तर विरोध भइरहने जनाए ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ३० बजे

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको