७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

उम्मेदवारहरुको आचारसंहिता उल्लंघन गर्ने होड, आयोगको कारवाही शुन्य



बुटवल । स्थानीय तह निर्वाचनको दिन नजिकिंदै जाँदा उम्मेदवारहरुको आचारसंहिता उल्लंघन गर्ने होड चलेको छ । आचारसंहिता उल्लंघन गर्नेमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्रीदेखि बहालवाला पालिकाका अध्यक्षहरु अग्रभागमा देखिएका छन् ।

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खांणले राज्य शक्तिको आडमा चितवनमा कांग्रेसबाट बागी उठेका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन दवाव दिएको चर्चा चलेपछि आयोगले विज्ञप्ति नै निकालेर दवाव नदिन ध्यानाकर्षण गराएको छ भने गृहमन्त्री कै सहोदर भाई रामकृष्ण खांणले उम्मेदवारी दर्ता गर्दाकै दिन बालबालिकाहरुलाई पञ्चकन्याका रुपमा प्रयोग गरेर आचारसंहिताको उल्लंघन गरेका थिए ।

उता नेपालगन्जमा प्रदेश सरकारका बन, वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र हमाल हरेक दिन कांग्रेस उम्मेदवारको प्रचारमा खुलेरै हिंडिरहेका छन् । नेपालगन्जकै माओवादीबाट राप्रपामा प्रवेश गरेर मेयरको टिकट पड्काएका नन्दलाल बैश्यले आचारसंहिता विपरित भित्ताहरुमा पोस्टर टाँसेका छन् ।

बाँकेकै खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई एमालेको जिल्लाभरीको उम्मेदवार जिताउन भ्याइनभ्याई छ भने तिलोत्तमाका नगर प्रमुखले त आयोगले सुन्ने गरि आफुले आचारसंहिता उल्लंघन गरेको स्व घोषणा गरेका छन् ।

स्थानीयतह निर्वाचन आचारसंहिता २०७८ को दफा ५ (क) मा नेपाल सरकार, प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा उम्मेदवारहरुको प्रचार प्रसारमा हिँड्न प्रतिबन्ध लगाएको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले भने तिलोत्तमा नगरपालिका प्रमुखका विरुद्ध बाहेक अहिले सम्म कुनै उजुरी नपरेको जनाएको छ । प्रमुख जिल्ला निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले पालिकामा नै खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिताको उजुरी लिने व्यवस्था भएकाले त्यसको अनुगमन भइरहेको जानकारी दिए ।

आयोगले बिभिन्न सञ्चारमाध्यममा आएका आचारसंहिता उल्लंघनका समाचारहरुलाई पनि नजिकबाट नियालिरहेको बताउँदै प्रमाण खुलेको अवस्थामा नियमानुसार प्रक्रिया अगाडी बढ्ने बताए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ४३ बजे

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

धरान । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता,

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली