२५ चैत्र २०८२, बुधबार | April 8, 2026

भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेसमा प्रवेश



काठमाडौं । चलचित्र अभिनेता भुवन केसी र अभिनेतृ स्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

अभिनेता केसी र खड्कासहित कलाकार रविन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा भित्र्याएका छन् । त्यसक्रममा देउवाले नवप्रवेशी कलाकारहरुलाई पार्टीमा सम्मानपूर्वक उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

यसअघि एमालेको सदस्यता लिएका केसी पछिल्लो समय निस्क्रिय थिए । कलाकारहरुलाई कांग्रेसमा भित्र्याउन अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ । खड्का भने पहिलोपटक कुनै पनि राजनीतिक दलमा खुलेकी हुन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ४८ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क