१५ माघ २०७९, आइतबार | January 30, 2023

पत्रकार र सञ्चार माध्यमलाई आचारसंहिताबारे काउन्सिलको पत्र



काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चार माध्यमलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ । काउन्सिलका उपप्रशाकीय अधिकृत रामशरण बोहराकाअनुसार केही सञ्चार माध्यम र पत्रकारले पछिल्लो समय आचारसंहिता प्रतिकूल गतिविधि गरेको देखिएकाले सचेत गराइएको हो । पत्रकारले सामाजिक सञ्जालमा स्टाटस लेखेर दलीय उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेको काउन्सिलले जनाएको छ ।

त्यस्तै, सञ्चार माध्यमहरुले आचारसंहिताको प्रतिकूल समाचार सम्प्रेषण गरेकाले आइन्दा त्यसो नगर्न नगराउन सचेत गराइएको बोहराले जानकारी दिए । पत्रकार लोकशरी कुँवरले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एमाले उम्मेदवारको पक्षमा प्रचार प्रसार गरी पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) उल्लङ्घन भएकोे काउन्सिलले जनाएको छ । उनलाई काउन्सिलको र्फबाट सचेत गराइसकिएको बोहराले जानकारी दिए ।

त्यस्तै, पत्रकार राज सापकोटाले हेटौँडा उपमेयर उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरेको भन्दै काउन्सिलले उनलाई सचेत गराएको जनाएको छ । उनको स्टाटसले पनि पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) आकर्षित भएको काउन्सिलले जनाएको छ ।

सोहीअनुसार रेडियो पत्रकार उषा लोहनीले काठमाडौँ महानगरपालिका प्रमुखको महिला उम्मेदवारको पक्षमा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गरेको भन्दै काउन्सिलले सचेत गराएको छ । सामाजिक सञ्जालमार्फत उनले गरेको प्रचार प्रसारमा पनि पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा १४ र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (च) उल्लङ्घन भएको काउन्सिलले जनाएको छ ।

त्यस्तै, काउन्सिलले रिपब्लिका दैनिक डट कमलाई तीन दिने स्पष्टीकरण सोधेको छ । उपप्रशासकीय अधिकृत बोहराका अनुसार सो न्यूज पोर्टलले ‘एमालेका मेयरको उम्मेदवारको महिलासँगको यौन सम्पर्कवाला अश्लील अडियो र भिडियो सार्वजनिक’ शीर्षकमा गत वैशाख १६ गते समाचार सम्प्रेषण गरेको थियो । सो सामग्री सम्प्रेषणले पत्रकार अचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४ को (६), ५ को (२) र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (थ) र दफा २२ को (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ ।

सोहीअनुसार दैनिक हब डट कमलाई पनि काउन्सिलले आचारसंहिता पालनाका लागि सचेत गराएको छ । सो न्यूज पोर्टलले वैशाख १९ गते ‘भक्तपुरका एमाले उत्साहित, गठबन्धन निरुत्साहित’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । सो समाचार सम्प्रेषणले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६) र निर्वाचन आचारसंहिता २०७८ को दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ ।

त्यस्तै, जनआस्था डट कमसँग पनि काउन्सिलले तीन दिनभित्र स्पष्टीकरण माग गरेको छ । सो सञ्चार माध्यमले वैशाख १६ गते ‘एमाले सचिव र मेयरका उम्मेदवारको रंगिला संवाद छरपस्ट, राष्ट्रपतिले दिने पुरस्कारमै प्रश्नचिन्ह’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । सो समाचारले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६), ५ (२) र निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (ढ) र दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ ।

सोहीअनुसार रेसुङ्गा टुडे डट कमलाई पनि आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण नगर्न काउन्सिलले सचेत गराएको छ । सो सञ्चार माध्यमले वैशाख १९ गते ‘त्रिपुरा सुन्दरीमा बोहराको जीत सुनिश्चित’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ ।

सो समाचार सम्प्रेषणले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (६), (१२) र निर्वाचन आचारसंहिता २०७८ को दफा २२ (ख) प्रतिकूल देखिएको काउन्सिलले जनाएको छ । यसैबीच काउन्सिलले सत्यतथ्य समाचार डट कमलाई नेपालभित्र सम्प्रेषण गर्न नमिल्नेगरी व्यवस्था गर्न काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको जनाएको छ । सो सञ्चार माध्यमले वैशाख १९ गते ‘घरदैलो शुरु गरेसँगै वडा नम्बर २ का अध्यक्ष उम्मेदवार मनोज रानाभाटको विजय शुरु, रत्ननगरमा गठबन्धनको घरदैलो सक्रियता बढ्यो, नगरबासीले गरे भव्य स्वागत’ शीर्षकमा समाचार सम्प्रेषण गरेको काउन्सिलको भनाई छ । सो समाचारले निर्वाचन आचारसंहिता २०७८ को दफा २२ (ख) उल्लङ्घन भएको काउन्सिलको ठहर छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : ०२ बजे

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

पाल्पा । पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको

भुतखोलामा डुबेर एकजनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाँउपालिका २ भुतखोलामा

बाँकेमा श्रीमती र नाबालक छोरालाई जिउँदै जलाएर श्रीमान फरार, दुबैजना गम्भीर घाइते

नेपालगन्ज । बाँकेको कोहपलुरमा आफ्नै श्रीमानले श्रीमती र नाबालक छोरा

राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर

काठमाडौं । राजश्व अनुसन्धान विभाग तत्कालीन शाखा अधिकृत रामजी रिजाल

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन