२९ भदौ २०८३, सोमबार | September 14, 2026

मुगुका दलहरूको घरदैलो कार्यक्रममा



मुगु । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मुगुका उम्मेदवारहरू घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार भोट माग्न मतदाताको घरघरमा पुगेका हुन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारीसाधन प्रयोग गरी भोट माग्न उम्मेदवार व्यस्त देखिन्छन ।

जिल्लामा चार स्थानीय तह र ४५ वडामा आफ्ना उम्मेदवारलाई विजयी गराउन यहाँका दलहरू तामझामसहित चुनावी प्रचारमा लागेका छन् । एकपछि अर्को दलका उम्मेदवार गाउँ, टोल बस्ती हुँदै घरघरमा पुग्न थालेपछि निर्वाचन उत्सवजस्तै बनेको छ । अधिकांश उम्मेदवारले जनताको जनजीविकामा परिवर्तन ल्याउने ठोस खाका जनतासामु पेस गर्न सकेका छैनन् ।

एक नगरपालिकासहित तीन गाउँपालिका रहेको मुगुका प्रमुख दलहरू आफ्नो उम्मेदवारलाई विजयी गराउन घरदैलो कार्यक्रममा व्यस्त देखिएका छन् । कांगेस , एमाले , माओवादी केन्द्र र एकीकृत समाजवादी पाटीले गाउँपालिका नगरपालिकाका प्रमुखदेखि सदस्यसम्मका उम्मेदवारलाई निर्वाचित गराउन घरदैलो कार्यक्रममा मतदातासँग आफ्नो उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १२ : ११ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको