२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सुर्खेत जिल्ला फुटबल संघमा अन्ततः रविन निर्विरोध



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको जिल्ला फुटबल संघ सुर्खेतको अध्यक्षमा रविन चन्द निर्विरोध निर्वाचित भएका छन् । पूर्वनिर्धारित समय (१० वैशाख) मा विवादका कारण चुनाव नभएकाले सातदोबाटोस्थित एन्फा मुख्यालयमै बिहीबार चुनाव भएको थियो ।

साधारण सभाले सुर्खेतको नयाँ कार्यसमिति १५ सदस्यीय चुनेको छ । दाबी मत नपरेकाले सबै सर्वसम्मत चुनिएका छन् । अध्यक्षमा रविनसँगै उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, ललितजंग शाही र दर्शन थापा निर्विरोध निर्वाचित भए ।

सदस्यमा ममता राई, मान सिं गुरुङ, मदन रिमाल, दलबहादुर केसी, गोवर्धन खड्का, देविशरण गुरुङ, प्रकाश राना क्षेत्री, ईन्द्रलाल चौधरी, खगेन्द्रबहादुर विष्ट, भुपेन्द्र शाही र कृष्ण रावल छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय निर्वाचन ६ असारमा हुने घोषणा भइसकेको छ । त्यसका लागि एन्फाले ४८ वटै जिल्ला फुटबल संघलाई १० वैशाखसम्म चुनाव गरिसक्न निर्देशन दिएको थियो

तर, शिरोमर क्लबबाट मनोनित भएर आएका चन्दको चुनावमा सहभागितालाई लिएर अन्योल सिर्जना भएको थियो । जसका कारण पूर्व निर्धारित समयमा चुनाव हुन सकेको थिएन । सहिद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेको आरसी-३२ क्लबका अध्यक्ष रहेका चन्दले एन्फाका दुई सदस्य संस्थाबाट आउन नपाउँने भन्दै सचिवालयले पत्र काटेको थियो ।

जिल्ला निर्वाचन तथा विवाद समाधान समितिले आरसी–३२ बाट राजीनामा दिइसकेकाले उनले सहभागी हुन पाउने बताएको थियो । सोहीअनुसार एन्फा सचिवालयले १९ वैशाखमा पत्र काट्दै एन्फामा आज निर्वाचन हुने बताएको थियो ।

अध्यक्ष पदमा निर्विरोध निर्वाचन भएका चन्द एन्फा अध्यक्ष पदमा दाबेदारी दिने तयारी गरिरहेका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ निकट मानिन्छन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ०९ बजे

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ललितपुरको महालक्ष्मिस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण