१ असार २०८३, सोमबार | June 15, 2026

सुर्खेत जिल्ला फुटबल संघमा अन्ततः रविन निर्विरोध



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको जिल्ला फुटबल संघ सुर्खेतको अध्यक्षमा रविन चन्द निर्विरोध निर्वाचित भएका छन् । पूर्वनिर्धारित समय (१० वैशाख) मा विवादका कारण चुनाव नभएकाले सातदोबाटोस्थित एन्फा मुख्यालयमै बिहीबार चुनाव भएको थियो ।

साधारण सभाले सुर्खेतको नयाँ कार्यसमिति १५ सदस्यीय चुनेको छ । दाबी मत नपरेकाले सबै सर्वसम्मत चुनिएका छन् । अध्यक्षमा रविनसँगै उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, ललितजंग शाही र दर्शन थापा निर्विरोध निर्वाचित भए ।

सदस्यमा ममता राई, मान सिं गुरुङ, मदन रिमाल, दलबहादुर केसी, गोवर्धन खड्का, देविशरण गुरुङ, प्रकाश राना क्षेत्री, ईन्द्रलाल चौधरी, खगेन्द्रबहादुर विष्ट, भुपेन्द्र शाही र कृष्ण रावल छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय निर्वाचन ६ असारमा हुने घोषणा भइसकेको छ । त्यसका लागि एन्फाले ४८ वटै जिल्ला फुटबल संघलाई १० वैशाखसम्म चुनाव गरिसक्न निर्देशन दिएको थियो

तर, शिरोमर क्लबबाट मनोनित भएर आएका चन्दको चुनावमा सहभागितालाई लिएर अन्योल सिर्जना भएको थियो । जसका कारण पूर्व निर्धारित समयमा चुनाव हुन सकेको थिएन । सहिद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेको आरसी-३२ क्लबका अध्यक्ष रहेका चन्दले एन्फाका दुई सदस्य संस्थाबाट आउन नपाउँने भन्दै सचिवालयले पत्र काटेको थियो ।

जिल्ला निर्वाचन तथा विवाद समाधान समितिले आरसी–३२ बाट राजीनामा दिइसकेकाले उनले सहभागी हुन पाउने बताएको थियो । सोहीअनुसार एन्फा सचिवालयले १९ वैशाखमा पत्र काट्दै एन्फामा आज निर्वाचन हुने बताएको थियो ।

अध्यक्ष पदमा निर्विरोध निर्वाचन भएका चन्द एन्फा अध्यक्ष पदमा दाबेदारी दिने तयारी गरिरहेका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ निकट मानिन्छन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ०९ बजे

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षरोपण गर्न सम्झौता

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट

छ वटा सम्पदा परे अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास

प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव – मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरूको बोलीमा

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

रुपन्देही । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट