१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

२५ गते बुटवलमा एमालेको चुनावी सभा हुने, केपी ओली र विष्णु पौडेलले सम्वोधन गर्ने



लबुटवल । नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी जेष्ठ २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ ।

चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताए ।

रुपन्देही जिल्ला स्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुस सहित सहभागी हुनेछन् । नेकपा एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ ।

देवीनगर स्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सवै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।

एमालेले चुनावी सभाको तयारी शुरु गरिसकेको छ । सवै पालिकाहरुले टोलटोलबाट जनसहभगिताका लागि काम शुरु गरिसकेको बताएका छन् । चुवानी सभालाई अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्वोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

चुनाबी सभालाई ऐतिहासिक बनाउन विभिन्न समितिहरु गठन भएका छन् । बुटवलका टोलटोलबाट बाजागाजा र झांकी सहित जनताहरु सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ५१ बजे

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल