१९ बैशाख २०८३, शनिबार | May 2, 2026

अघिल्लो निर्वाचनका एमालेका सपना सपनामै सिमित : चन्द्र भण्डारी



बुटवल । काँग्रेस नेता डा. चन्द्र भण्डारीले अघिल्लो निर्वाचनमा एमालेले देखाएका सपना सपनामै सिमित रहेको बताएका छन् । सत्ता गठबन्धनको चुनावी कार्यक्रम अन्तरगत गठबन्धनको तर्फबाट बिहिबार बुटवलमा आयोजना गरिएको महिला भेलामा बोल्दै नेता भण्डारीले अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताए । उनले एमालेका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गरे ।

नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाईपलाईन लगायतका कैयौं सपना बाँडेपनि चुनाव जितेपछि आफू र आफ्नालाई पोस्ने मात्रै काम गरेको आरोप लगाए ।

उनले जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिइएको बताउँदै हुनै नसक्ने सपना बाडेर जनता झुक्याउने काम काँग्रेसले नगर्ने पनि बताए ।

बुटवलको हकमा जनतामा भिजेका र जनताको सेवामा प्रतिवद्ध भएर लाग्ने व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेस र गठबन्धनको पक्षमा मतदान गर्न मतदातासँग भण्डारीले आग्रह गरे ।

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार खेलराज पाण्डेयले आफूले जितेमा बुटवललाई नमुना सहरको रुपमा बिकास गर्ने र चुनाव गरेका बाँचा ५ वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बुटवललाई मानवताको सहरको रुपमा बिकास गर्ने र बुटवलमा लैंगिक विभेद हुन नदिने पनि प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले देशको आवश्यकताको आधारमा ५ दलीय गठबन्धन गरिएको बताउँदै गठबन्धनको पक्षमा माहोल बनाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

सत्ता गठबन्धनको तर्फबाट महिला परिचालन समितिकी संयोजक जमुना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, नेता युवराज गिरी लगायतले बुटवलको विकासको लागि कुनैपनि हालतमा गठबन्धनका उम्मेदवारले जित्नु पर्ने र त्यसमा सबैले साथ दिन आग्रह गरे ।

महिलाहरुको चुनावी भेला भएपनि सत्ता गठबन्धनबाट बुटवलमा मेयर र उपमेयर दुबै पदमा पुरुष उम्मेदवार उठाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ६ : ४१ बजे

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको

जैविक मार्ग धमाधम संरक्षण हुँदै

नेपालगन्ज । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले सङ्कटमा परेको बाँकेस्थित

रास्वपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सचिवालय बैठक आह्वान