१२ बैशाख २०८१, बुधबार | April 24, 2024

काठमाडौंमा गठबन्धनको चुनावीसभा सुरु



काठमाडौं । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँचदलीय गठबन्धनका तर्फबाट राजधानी काठमाडौँमा आयोजना गरिएको चुनावीसभा सुरु भएको छ ।

राजधानीको रत्नपार्कमा सुरु सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गठबन्धले देशव्यापी संयुक्त आमसभा गरिरहेका छन् ।

बिहीबार मात्रै गठबन्धनले चितवनको भरतपुरमा चुनावीसभा आयोजना गरेको थियो । काठमाडौंमा गठबन्धनकातर्फबाट प्रमुख पदका उम्मेदवारमा सिर्जना सिंह छिन् ।

सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ०४ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल