१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कदम पुरस्कार २०७९ बाट कीर्तिमानी आरोही कल्पना महर्जन सम्मानित



काठमाडौं । जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न कदम पुरस्कार २०७९ बाट कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् ।
घरगृहस्थी, पर्यटन पत्रकारितादेखि सगरमाथाको टाकुरासम्म पुगेर नेपाली समाजमा नारीको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सफल महर्जनको सफल कदमप्रतिको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

पूर्व उपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिंहले महर्जनलाई ताम्र–सम्मानपत्र र २५ हजार नगदसहित उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा सिंहले नेपाली समाजको बिकासमा महिलाको इच्छाशक्ति सबल रहेमा पत्रकारिता, साहसिक पर्यटनलगायत अन्य क्षेत्रमा पनि पुरुषभन्दा बढी गुणस्तरीय कार्यमा प्रेरणा बन्न सक्छिन् भन्ने उदाहरण कल्पना महर्जन बनेको बताए । उनले राज्यबाहेक समाजबाट पनि सम्मानित हुनुले अझ अर्थपूर्ण हौसला प्राप्त हुने बताए ।

जोशी रिसर्च ईन्स्टिच्युटकातर्फबाट अध्यक्ष हरिराम जोशीका छोरा सुशीलराम जोशीले स्वागत मन्तव्य र २०१७ सालयता ६ दशकको यात्रापछिको वियोगलगत्तै पनि आफ्ना कला–कृति अनि कर्मको निरन्तरतामा आफ्नो संगीनी कदमप्रतिको प्रेमिल जीवन्तता प्रदान गर्नुका साथै तथ्य र तर्कका बेजोड आधारमा इतिहासका विभिन्न पाटाहरु थप प्रकाशित गरेको ‘कदमः अभिनव मेरा अनुभूति’ पुस्तक एक प्रति सहभागी सबैमा वितरण गरिएको थियो ।

गत १४ वैशाख २०७८ मा दिवंगत भएकी धर्मपत्नी कदम केशरीको स्मृतिमा स्थापित ‘कदम पुरस्कार २०७९’ वितरण कार्यक्रममा लिपिविज्ञ श्यामसुन्दर रघुवंशी, जनमत साहित्यका मोहन दुवाल, हरिसिद्धिका धनगोविन्द महर्जनलगायतका संस्कृति प्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ०३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले