१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कदम पुरस्कार २०७९ बाट कीर्तिमानी आरोही कल्पना महर्जन सम्मानित



काठमाडौं । जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न कदम पुरस्कार २०७९ बाट कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन सम्मानित भएकी छन् ।
घरगृहस्थी, पर्यटन पत्रकारितादेखि सगरमाथाको टाकुरासम्म पुगेर नेपाली समाजमा नारीको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सफल महर्जनको सफल कदमप्रतिको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

पूर्व उपप्रधानमन्त्री तथा सांसद प्रकाशमान सिंहले महर्जनलाई ताम्र–सम्मानपत्र र २५ हजार नगदसहित उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा सिंहले नेपाली समाजको बिकासमा महिलाको इच्छाशक्ति सबल रहेमा पत्रकारिता, साहसिक पर्यटनलगायत अन्य क्षेत्रमा पनि पुरुषभन्दा बढी गुणस्तरीय कार्यमा प्रेरणा बन्न सक्छिन् भन्ने उदाहरण कल्पना महर्जन बनेको बताए । उनले राज्यबाहेक समाजबाट पनि सम्मानित हुनुले अझ अर्थपूर्ण हौसला प्राप्त हुने बताए ।

जोशी रिसर्च ईन्स्टिच्युटकातर्फबाट अध्यक्ष हरिराम जोशीका छोरा सुशीलराम जोशीले स्वागत मन्तव्य र २०१७ सालयता ६ दशकको यात्रापछिको वियोगलगत्तै पनि आफ्ना कला–कृति अनि कर्मको निरन्तरतामा आफ्नो संगीनी कदमप्रतिको प्रेमिल जीवन्तता प्रदान गर्नुका साथै तथ्य र तर्कका बेजोड आधारमा इतिहासका विभिन्न पाटाहरु थप प्रकाशित गरेको ‘कदमः अभिनव मेरा अनुभूति’ पुस्तक एक प्रति सहभागी सबैमा वितरण गरिएको थियो ।

गत १४ वैशाख २०७८ मा दिवंगत भएकी धर्मपत्नी कदम केशरीको स्मृतिमा स्थापित ‘कदम पुरस्कार २०७९’ वितरण कार्यक्रममा लिपिविज्ञ श्यामसुन्दर रघुवंशी, जनमत साहित्यका मोहन दुवाल, हरिसिद्धिका धनगोविन्द महर्जनलगायतका संस्कृति प्रेमीहरूको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ०३ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी