६ श्रावण २०८३, बुधबार | July 22, 2026

मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने



काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिकाले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी अनुमतिपत्र अनिवार्य लिनुपर्ने भएको छ ।

मतदानका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द गरिने भएको छ ।

‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड’मा उम्मेदवार तथा अन्य निकाय वा संस्थाले समेत सवारीसाधन सञ्चालनका लागि मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । सवारीसाधनका लागि वितरण गरिने अनुमपतिपत्र र त्यसको अनुगमनका लागि सहसचिवको नेतृत्वमा समितिसमेत बनाइने भएको छ ।

मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारीसाधनको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिई सवारीसाधन प्रयोग गर्न सकिने मापदण्डमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरणको जिम्मा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

यस्तै, आफैं हिँड्डुल गर्न नसक्ने अशक्त व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण मिलाउने जिम्मा पनि जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ११ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर