१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

रेणु-सिर्जनालाई देउवाको ढाडस



काठमाडौं । स्थानीय तह निर्वाचनकै ‘इपिसेन्टर’ बनेको भरतपुरमा चुनावी सभा गरेको भोलिपल्ट शुक्रबार सत्तारूढ गठबन्धनले काठमाडौंमा चुनावी सभा गरेको छ ।

भरतपुरको चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्तव्य दिएकोमा काठमाडौंमा भने जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी पनि थपिएका छन् । यी सबै जना शीर्ष नेताले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

मुलुककै सबैभन्दा ठूलो महानगर काठमाडौंमा योपटक सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बनेकी छन् । ६ ओटा महानगरमध्ये सत्तारूढ गठबन्धनले भरतपुर र काठमाडौंमा महिलालाई अघि सारेको छ ।

काठमाडौंमा उम्मेदवार बनेकी सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । भरतपुरकी रेणु माओवादी अध्यक्ष प्रचण्डकी छोरी हुन् । छोरी र पत्नीलाई उम्मेद्वार बनाएको भनेर चर्काे आलोचना भइरहेको बेला गठबन्धनका शीर्ष नेताहरूले त्यसको खण्डन गर्न चुनावी मञ्चलाई प्रयोग गरेका छन् । कसैलाई श्रीमती, कसैलाई छोरीका रूपमा प्रचार गरेर महिलाहरूलाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने कोशिश भइरहेको भन्दै त्यसतर्फ सजग हुनुपर्ने भनाइ पनि उनीहरूले राखेका छन् ।

चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रेणु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताउनसमेत पछि परेनन् । रेणुले आफ्नो कार्यकालमा भरतपुरमा राम्रो काम गरेकाले पुनः दोहो¥याउन आफूले माओवादी अध्यक्ष प्रचण्डलाई सुझाव दिएको पनि उनले चुनावी सभामा सुनाए ।

‘हो, भरतपुरमा प्रचण्डले आफ्नी छोरीलाई उठाउनुभएको छ, उहाँले मात्रै रेणुलाई उठाउनुभएको होइन, हामीले पनि रेणुलाई नै उठाउन सुझाव दिएका थियौं,’ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले भने, ‘हामी सबैले तपाईंकी छोरी नउठानुस् भनेको भए पनि उहाँले मान्नुहुन्थ्यो । राम्रो काम गरेको छ, किन हटाउनुहुन्छ ? भनेर मैले भनेको हो, राम्रो काम गरेको मान्छे, त्यो पनि महिलालाई किन रोक्नु ? दिनुस् भनेर मैले भनेको हो ।’

उनले प्रचण्डकी छोरीका रूपमा जन्मिनुबाहेक रेणुको कुनै गल्ती नभएको उनले बताए । भरतपुरमा रेणुले धेरै राम्रो काम गरेको भन्दै देउवाले अनावश्यक बखेडा नगर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

प्रधानमन्त्री देउवाले काठमाडौं महानगरमा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पनि प्रकाशमानकी पत्नीका रूपमा प्रचार गरेकोमा असन्तुष्टि जनाए । उनले प्रकाशमान सिंह स्वयं पनि श्रीमती सिर्जनालाई काठमाडौंमा उम्मेदवार बनाउन डराएको उनले सुनाए । ‘प्रकाशमानको श्रीमती हुनु सिर्जनाको गल्ती हो ? यो अपराध त होइन नि !,’ देउवाले भने ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले महिला उम्मेदवारलाई छोरी र श्रीमतीका रूपमा प्रचार गरेकोमा असन्तुष्टि जनाए । कसैको छोरी र श्रीमतीका रूपमा प्रचार गर्नु महिलाहरूको अपमान भएको उनको भनाइ थियो ।

‘दुई मेयरका प्रत्यासी’bout एकथरी मान्छेहरूले नकारात्मक टिप्पणी नगरेका होइनन्,’ दाहालले भने, ‘कसैलाई छोरीका रूपमा, कसैलाई श्रीमतीका रूपमा प्रचार गरेर महिलालाई अपमानित गर्ने, महिलाभित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मान्छेको कोशिस जारी छ ।’

दाहालले महिला उम्मेदवारलाई छोरी र श्रीमतीका रूपमा प्रचार गर्ने प्रवृत्तिको आफू विरोधी भएको पनि चुनावी सभामा सुनाए । उनले महिला प्रमुख भएको ठाउँमा राम्रो काम भएको जिकिरसकेत गरे । ‘घटनाक्रमले के साबित गरेको छ भने जहाँजहाँ महिला कार्यकारी प्रमुख रहेका छन्, त्यहाँ राम्रो काम भएको छ, पुरुषहरूले धेरै राज ग¥यौं, खासै लछारपाटो पनि लगाउन सकिएन । एकचोटि महिलालाई कार्यकारी भूमिका दिएर हेरौं,’ दाहालले भने ।

चुनावी सभामा कां्रग्रेस सभापति देउवाले अहिलेको संविधान हुन्जेलसम्म एक पार्टीका बहुमत आउन नसक्ने भन्दै गठबन्धनको वकालत गरेका थिए । देउवाले भने, ‘भोलि पनि गर्ने गठबन्धन हो, अहिलेको गठबन्धन सजिलो छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि गठबन्धकै वकालत गरेका थिए । जनमतलाई अपमान गर्ने दल र प्रवृत्तिलाई परास्त गर्न महानगरमा गठबन्धन विजयी हुनुपर्ने उनको भनाइ थियो । वामपन्थी र प्रजातान्त्रिक शक्ति एकमत हुँदा विगतमा सबै आन्दोलन सफल भएको स्मरण गर्दै अध्यक्ष केसीले प्रतिगमनलाई परास्त गर्ने, गणतन्त्र जोगाउने पक्षमा गठबन्धन एकमत रहेको स्पष्ट पारे । व्यवस्था जोगाउने सर्तमा पाँच दलबीच गठबन्धन भएको उल्लेख गर्दै केसीले गलत प्रचार गर्ने प्रवृत्तिविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी इमानदार भएर एकअर्कालाई सहयोग गरौं । राष्ट्रिय जनमोर्चाले देशभर नै सहयोग गर्छ । गठबन्धनभन्दा प्रतिगमन बलियो छ । त्यसकारण संयुक्त प्रतिवाद गरौं ।’ अध्यक्ष केसीले बुद्धिमत्तापूर्ण तरिकाले जनपक्षीय उम्मेदवारलाई विजयी गराउन र प्रतिगमनलाई परास्त गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न लाग्नुपर्नेमा जोड दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालमा दुइटा गठबन्धन रहेकाले एक रोज्नुपर्ने बताए । वाम–लोकतान्त्रिक र प्रतिगमन गठबन्धन रहेकोले एक रोज्नुपर्ने बेला आएको उनको भनाइ थियो । उनले आफूहरू वाम–लोकतान्त्रिक गठबन्धनमा रहेको बताए ।

‘अहिले दुइटा गठबन्धन छ, कुन रोज्ने ? वाम-लोकतान्त्रिक आजसम्म प्राप्त उपलब्धि रक्षा गर्ने, संविधान जोगाउने हामी हौं,’ उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको प्रगिगामी गठबन्धन छ । त्यो दक्षिणपन्थी गठबन्धन हो । संविधानको मर्म र भावनाविपरीत बोल्ने गठबन्धन ।’ उनले वाम–लोकतान्त्रिक गठबन्धनका पक्षमा देशव्यापी जनमत तयार पार्ने र उम्मेदवारलाई चुनावमा जिताउनुपर्ने बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धनको वकालत गरेका थिए । परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीच गठबन्धन भएको उनको भनाइ थियो ।

नेपालले कहिल्यै राजनीतिक स्थायित्व पाउन नसकेको उल्लेख गर्दै उनले विकास र प्रगतिको बाटोमा हिँड्न नसक्नुको कारण खोज्दै आफूहरूले गठबन्धन गरेको स्पष्ट पारे । पौडेलले अहिलेको गठबन्धन परिवर्तनको पक्षमा उभिएकाले प्रतिगामी शक्तिविरुद्ध प्रगतिशील शक्ति एक ठाउँमा उभिएको बताए । नेपालको संविधान र निर्वाचन प्रणालीले पनि संयुक्त सरकारको परिकल्पना गरेकाले गठबन्धन जरुरी रहेको नेता पौडेलको भनाइ थियो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : १६ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को