१९ बैशाख २०८३, शनिबार | May 2, 2026

एमाले संग प्रतिस्पर्धा गर्ने सामर्थ्य कुनै पार्टीको छैन – एमाले उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले बुटवलमा नेकपा एमालेका उमेदवारहरुको जित सुनिश्चित भैसकेको बताएका छन् । नेकपा एमाले बुद्धिजीवी तथा पेशागत निर्वाचन परिचालन कमिटीको आयोजनामा भएको बृहत बुद्धिजिवी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पुरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइमा रहेता पनि गठबन्धनले एमालेलाई हराउन सक्ने कुनै आधार नरहेको दाबी गरे ।

‘चुनाव जितिन्छ भन्ने कुरामा समस्या छैन, तर कुन ढंगले जित हुन्छ भन्ने मात्रै बांकी हो’–उनले भने । ‘अब औसतढंगले चुनाव जित्ने होइन, अत्यधिक र ऐतिहासिक रुपमा विरासतलाई नयां ढंगले पुष्टि गर्ने गरी चुनाव जित्नु पर्छ’ ।

बुटवलमा शनिवार भएको गठबन्धनको सभालाइ इङगीत गर्दै उपाध्यक्ष पौडेलले एजेन्डा बिनाको सभाको कुनै अर्थ नरहेको बताए । ‘आम सभा कस्तो हुन्छ भन्ने हेर्न भोलि आउनुस् ।’ उनले भने ।

राष्ट्रिय योजनाका काम सम्पन्न हुंदा बुटवल एक नमुना शहर बन्ने पौडेलले दाबी गरे । एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्ने बताउदै पौडेलले नत्र विरोधीहरुले विकासे आयोजनामा पनि राजनीति गरेर अबरुद्ध गर्न सक्ने आशंका पनि गरे ।

एमाले पोलिटब्युरो सदस्य लिला गिरीले अहिले सम्मको अनुमानमा प्रदेशका धेरै पालिकामा एमालेको जित निश्चित भएको बताए ।

बरिष्ठ बुद्धिजिवी तेजप्रसाद कंडेलले नेकपा एमालेले निर्माण गरेका गौरवका संचरनालाई अरु पार्टीहरुले अस्पताल वा अन्य संरचनामा परिणत गर्ने घोषणा गरेर आम नागरिकलाई चिन्तित तुल्याएको बताए । उनले निर्माण सम्पन्न भएका र निर्माणाधिने संरचनाहरुको सही सदुपयोगका लागि बुटवलमा एमालेको विकल्प खोज्न नहुने बताए ।

कार्यक्रममा बोल्दै बुद्धिजिवी बसन्तराज खनालले बुटवलको शिक्षा र स्वास्थ्यको विकासका लागि नेकपा एमालेको योगदानलाई बुद्धिजिवीहरुले विर्सिन नहुने धारणा राखे । कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई र सावित्रादेवी अर्यालले बोलेका थिए ।

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : २१ बजे

राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन