२८ असार २०८३, आइतबार | July 12, 2026

बुटवलबाट राजधानी दाङ सार्ने एमालेलाई भोट नहाल्नु : गृहमन्त्री बालकृष्ण खांण



बुटवल । गृहमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले राजधानी सार्ने पार्टी एमालेलाइ भोट नदिन रुपन्देहीबासीलाई आग्रह गरेका छन् । बुटवलमा शनिबार आयोजित गठबन्धनको चुनावी आमसभालाइ सम्बोधन गर्दै खांंणले बुटवलबाट लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट दिन नहुने बताए ।

उनले जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको तर एमालेले राजधानी दाङ पु¥याएको आरोप लगाए । उनले भने – ‘यसअघि स्थायी राजधानी बुटवल नै बनाउँछौ भनेर भोट मागेकाहरुले राजधानी कहाँ पु¥याए ? अब राजधानी सारेको ठीक हो भनेर भोट दिने कि गलत हो भनेर नदिने सोच्ने बेला भएको छ ।’

उनले नेपाली राजनीतिमा शान्ति सम्झौता भएदेखि नै गठबन्धनको संस्कृति सुरु भएको र ओलीले दुई पटकसम्म संसद विघटन गरेपछि पुनः गठबन्धन भएको बताए ।

रुपन्देहीमा खेलराज पाण्डे जत्तिको क्रियाशील उम्मेदवार नभएको भन्दै गृहमन्त्री खाँणले पार्टीभित्र वैचारिक मतभिन्नता भएपनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : २१ बजे

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले