१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रिमियर लिग : मर्सिसाइड क्लबको उपाधि जित्ने अभियानमा धक्का



काठमाडौं । इङग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलको उपाधि जित्ने अभियानमा ठूलो धक्का पुगेको छ । शनिबार एनफिल्डमा सम्पन्न खेलमा टोटनहमसँग १-१ को बराबरी खेलेपछि लिभरपुलको अभियान कठिन बनेको हो ।

जितपछि लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा उक्ले पनि उसलाई म्यानचेस्टर सिटीको उछिन्न सक्नेछ ।

दुवै टिम समान ८३ अंकमा छन् र सिटीले एक खेल कम खेलेका छ। शनिबार भएको खेलमा टोटनहमले सन ह्वेङ-मिनको गोलले अग्रता लिएको थियो । लिभरपुलका लागि लुइस डिजायले बरारबी गोल फर्काए ।

खेलको ५६औं मिनेटमा सनले गोल गर्दै अग्रता दिलाएका थिए । तर ७४ औं मिनेटमा डियाजले बराबरी गोल फर्काए ।

लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको छ । जसमा टोलीले १३ जित र ३ बराबरी खेलेको छ । ३५ खेलपछि लिभरपुलको ८३ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको समान अंक छ ।

शनिबारकै अर्को खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई ४-० ले हराएको छ । यसले म्यानचेस्टरको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपना अधुरो रहने सम्भावना बढेको छ ।

अन्य खेलमा क्रिस्टल प्यालेसले वाटफोर्डलाई १-०, एस्टन भिल्लाले बर्नलीलाई ३-१ र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३-० ले हरायो । हारले वाटफोर्ड प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने दोस्रो टिम बनेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ३२ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर