४ बैशाख २०८१, मंगलबार | April 17, 2024

ओलीको भविष्यवाणी – असार १७ गते गठबन्धन भत्किन्छ



काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । ओलीले कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए । कांग्रेसले २० वर्ष आफ्नै नेतृत्वमा एकल सरकार चलाएको बेला पनि जनताका लागि केही गर्न नसकेको उनको आरोप छ ।

‘२० वर्ष एकल सरकार चलायो । सात वर्ष संयुक्त सरकार चलाउँदा पनि केही गर्न सकेन,’ ओलीले भने । कांग्रेस कमजोर तत्वहरूलाई लिएर देशलाई उल्टो बाटोमा हिँडाएको उनको आरोप छ ।

‘सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने ।

नेपाली कांग्रेसको सुविधामा आधारित परराष्ट्र नीतिले राष्ट्रियतामा कुठाराघात भएको छ । विगतमा राणा, राजा र कांग्रेसको सरकारले जनताको लागि कुनै योजना अघि नबढाएको उनको आरोप छ ।

स्वर्ग जस्तो देशलाई विकास गर्नुभन्दा कांग्रेसले संसारकै गरिब देश बनाएको उनको आरोप छ । कांग्रेसले एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहेको उनको आरोप छ । ‘कांग्रेस बरू राणासँग घाँटी जोड्न तयार भयो । दक्षिणपन्थीहरूसँग घाँटी जोडेर सरकार चलाइरहेको छ । उसलाई लज्जाबोध हुँदैन । तर, हामी जनताभन्दा ठूला कोही छैन भन्नेमा हुन्छौं तसर्थ, हामी जनताको बीचमा रहन्छौं,’ ओलीले भने ।

कांग्रेसको आन्तरिक घेराबन्दीसँगै नाकाबन्दीको पनि सामना गरेर एमाले सरकार अघि बढेको उनले दाबी गरे । कांग्रेसले जनादेशमाथि कुठाराघात गरेको समेत उनले आरोप लगाए । ‘कांग्रेसले जनमतको आधारमा भन्दा पनि जनादेशको अपमान गरिरहेको छ । त्यस्तै अब कम्तीमा दुई अवधि पाँच पाँच वर्ष एमालेलाई विजयी गराई देशमा स्थिरता र स्थायित्व गराउन हार्दिक अनुरोध गर्दछुु,’ ओलीले भने ।

कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहेका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न ओलीले आग्रह गरे । ‘जनताको विश्वास दिलाउनको लागि गठबन्धन चाहिँदैन । कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहनु भएका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्दछौं,’ ओलीले भने । उनले नयाँ मतदातालाई समेत जीवनको पहिलो मतदान सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

ओलीले वैशाख ३० पछि गठबन्धन भत्किने भविष्यवाणी समेत गरे । ओलीले भने, ‘गठबन्धन रहन्छ र रहन्न भन्ने मेरो कुरा होइन। ज्योतिषीहरूका अनुसार गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो त यही वैशाख ३० हो। यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ। कस्तो दिन छानेर राख्नुभएछ। वैशाख ३० मा उहाँहरूलाई हुनसम्म हुन्छ, ढाड नै भाँचिने गरी भन्ने ज्योतिषीहरूको कुरा, म ज्योतिषी होइन।’

ओलीले ज्योतिषहरुको हवाला दिँदै असार १७ पछि सत्तागठबन्धन नै नरहने दाबी पनि गरे।

 

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : १४ बजे

जिएमई रेमिटबाट पैसा पठाउँदा पठाए पटक क्यास ब्याक

काठमाडौं । रोमानियाबाट जिएमइ रेमिट प्रा.लि मार्फत नेपालमा पैसा पठाउँदा

आम्दा अस्पताल ३०० शैयामा स्तर बृद्धि, अव पाठेघरको क्यान्सरको उपचार आम्दाबाटै

बुटवल । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आम्दा अस्पतालको स्तरउन्नतिका

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई

बुटवलको कालिकानगरमा बेष्ट ईस्टिच्युट संचालन

बुटवल । बुटवलको कालिकानगरमा बेष्ट इस्टिच्युटले नेपालमै केही गरौ भन्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि