२३ भदौ २०८३, मंगलबार | September 8, 2026

चितवनमा कांग्रेस कार्यकर्तालाई ओलीको प्रश्न – नेताले पार्टी सिध्याए, के हेरेर बसेको ?



चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताए ।

‘टाउकै नेताहरूले पार्टी सिध्याउन लागिसके । तपाईंहरू के हेरेर बस्नुभएको छ ?’, ओलीले प्रश्न गरे । चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको भएको भन्दै प्रश्न गरे ।

‘अस्ति मात्रै धम्की सुन्नुभयो होला । मेरो छोरीलाई भोट दिनुभएन भने देश दुर्घटनामा जान्छ । हैन उनको छोरीलाई कांग्रेसले भोट दिएर जिताइदिनुपर्ने ?’, ओलीले प्रश्न गरे ।

आफ्नो छोरीलाई भोट दिएमा गठबन्धन १५–२० वर्ष जोगाइदिने भन्दै कांग्रेसले आफ्ना नेतालाई कहिल्यै उम्मेदवार बन्न नपाउने बताए । अहिलेको पाँच दलीय गठबन्धनलाई सपनामा पनि एमाले देखेपछि जुरुक्क उठ्ने अवस्था आएको बताए ।

अहिलेको पाँच दलीय गठबन्धनका नेताहरू निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुखदर्शक बनेको ओलीको आरोप छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ४४ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी