७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चितवनमा कांग्रेस कार्यकर्तालाई ओलीको प्रश्न – नेताले पार्टी सिध्याए, के हेरेर बसेको ?



चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताए ।

‘टाउकै नेताहरूले पार्टी सिध्याउन लागिसके । तपाईंहरू के हेरेर बस्नुभएको छ ?’, ओलीले प्रश्न गरे । चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको भएको भन्दै प्रश्न गरे ।

‘अस्ति मात्रै धम्की सुन्नुभयो होला । मेरो छोरीलाई भोट दिनुभएन भने देश दुर्घटनामा जान्छ । हैन उनको छोरीलाई कांग्रेसले भोट दिएर जिताइदिनुपर्ने ?’, ओलीले प्रश्न गरे ।

आफ्नो छोरीलाई भोट दिएमा गठबन्धन १५–२० वर्ष जोगाइदिने भन्दै कांग्रेसले आफ्ना नेतालाई कहिल्यै उम्मेदवार बन्न नपाउने बताए । अहिलेको पाँच दलीय गठबन्धनलाई सपनामा पनि एमाले देखेपछि जुरुक्क उठ्ने अवस्था आएको बताए ।

अहिलेको पाँच दलीय गठबन्धनका नेताहरू निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुखदर्शक बनेको ओलीको आरोप छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ४४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल