१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

जहाँ गठबन्धनका उम्मेदवारलाई चुनौती, त्यहाँ भोट माग्दै देउवा



वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन दलको चुनावी ‘कमान्डर’ बनेर देश दौडाहमा छन् । चुनावी अभियानको क्रममा गठबन्धन दलका उम्मेदवारहरूलाई मत दिएर विजयी गराउन उनले आग्रह गर्दै आएका छन् ।

यही २१ वैशाखयता देउवा गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न प्रदेश १ को राजधानी विराटनगर पुगेका थिए । त्यस यता उनी दिनहुँ चुनावी अभियानमा छन् । उनी पाँच दलीय गठबन्धनको चुनावी सभामा प्रमुख वक्ताको बन्ने गरेका छन् ।

२२ वैशाखमा उनले प्रमुख वक्ताको हैसियतबाट चितवनको भरतपुरमा गठबन्धन दलको संयुक्त चुनावी सभालाई सम्बोधन गरे ।

गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार रेणु दाहाल र उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीलाई मत दिएर विजयी बनाउन उनको आग्रह थियो ।

त्यहाँ देउवा दाहाल र अधिकारीलाई मत माग्न मात्र भने गएका थिएनन् । दाहालविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन पनि गएका हुन् । तर, पौडेलले देउवासँग भेटसम्म गर्न चाहेनन् ।

चितवनमा यसरी एकातिर गठबन्धनका उम्मेदवारहरूलाई मत माग्न र अर्कातिर पौडेलले फकाउन गएका थिए ।

यसपछि भने उनले २३ वैशाखमा सङ्घीय राजधानी काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकामा सिर्जना सिंह र रामेश्वर श्रेष्ठलाई मत मागे ।

सिंह प्रमुख र श्रेष्ठ उपप्रमुख पदमा गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् ।

यसपछि उनी २४ वैशाखमा गण्डकी प्रदेशको तनहुँमा पुगे । वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला त्यहाँ गठबन्धनका उम्मेदवारहरूलाई देउवाले मत मागे ।

त्यहाँ पार्टीको केन्द्रीय अनुशासन समितिले कारबाही गरेका नेता गोविन्दराज जोशीले नेकपा एमालेसँग निर्वाचनमा तालमेल गरेका छन् । जसका कारण निर्वाचनमा जित्न गठबन्धनका दलका उम्मेदवारलाई चुनौती थपिएपछि देउवा त्यहाँ मत माग्न पुगेका हुन् ।

सोही दिन देउवा मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका पुगे । त्यहाँ गठबन्धनको तर्फबाट उपमहानगरपालिका प्रमुख जनता समाजवादी पार्टीका लालकिशोर साह छन् ।

कांग्रेसकै उपमहानगरपालिकाको सभापति मनोजकुमार साह पदबाट राजीनामा दिँदै प्रमुख पदका स्वतन्त्र उम्मेदवार भएका छन् । साहका कारण त्यहाँ गठबन्धनका उम्मेदवार साहलाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

त्यहाँ मत मागेपछि भने प्रधानमन्त्री देउवा आइतबार (२५ वैशाखमा) गण्डकी प्रदेशको राजधानी पोखरा गए । पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट धनराज आचार्य उम्मेदवार छन् ।

जहाँ गठबन्धन दलहरूबीच भएको तालमेलप्रति असन्तुष्ट हुँदा नेता विमलबहादुर कार्की बागी उम्मेदवार छन् ।

कांग्रेसबाट बागी बनेका उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी हटाएको छ । तर, उनका कारण गठबन्धन दलका साझा उम्मेदवार आचार्यलाई निर्वाचन जित्न चुनौती थपिएको छ । चुनौती भएपछि देउवा मत माग्न त्यहाँ पुगेका हुन् ।

आज भने प्रधानमन्त्री देउवा धनगढी पुगेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथ धनगढी पुगेका उनले गठबन्धनको उम्मेदवार नृपबहादुर वडलाई भोट माग्ने भएका हुन् ।

वडसँग यसअघि चुनावी प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच भएको थियो । यस पटक पनि हमाल प्रतिस्पर्धी छन् । चर्को प्रतिस्पर्धा हुने आँकलन भएको त्यहाँ गठबन्धनका साझा उम्मेदवार वडलाई मत माग्न देउवा पुगेका हुन् ।

आजै देउवा गृहजिल्ला डडेल्धुरा पनि पुग्ने भएका छन् । निवर्तमान कांग्रेस जिल्ला सभापति कर्ण मल्लले नेपाली कांग्रेस (विपी) ब्युँताएर नेकपा एमालेसँग तालमेल गरेपछि निर्वाचन जित्न कांग्रेस उम्मेदवारहरूमाथि चुनौती थपिएको छ ।

त्यहाँ गठबन्धन दलहरूबीच तालमेल पनि छैन । एक्ला एक्लै ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने भन्दै चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार देउवा प्रधानमन्त्रीको नभई कांग्रेस सभापतिको हैसियतमा चुनावी अभियानमा निस्किएका हुन् ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भने मतदान अबको चार दिनमा हुनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : ५७ बजे

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण