१२ पुस २०८२, शनिबार | December 27, 2025

मतदान र गणनामा त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गतेको निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने व्यवस्थापनका लागि स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

मौसमविद्हरुले हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको र त्यसले वैशाख ३० गतेको निर्वाचनका दिन पानी पर्ने सम्भावना रहेकोले निर्वाचन केन्द्र, मतपेटिका र गणनाको सुरक्षाका लागि आयोगलाई सुझाव दिइरहँदा आयोगले मतदान हुनेसबै मतदान केन्द्रहरुमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरुलाई निर्देशन दिएको जनाएको छ ।

त्यसका साथै आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

त्यसका लागि पाल त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न सबै स्थानीय तहहरुले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : ५४ बजे

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा

आज काठमाडौंको यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा

आजको मौसम : तराईमा दिनभर हुस्सु लाग्ने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको