६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

बुटवल सुन पसल चोरी घटना : भारतीय योजनाकारसहित तीन जना पक्राउ



बुटवल । गत साता बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सिसी क्यामरा फुटेज, मोबाइल ट्रेक र आधारकार्डलगायतको मद्दतले घटना भएको १३ औं दिनमा सफलता पाएको हो । वैशाख १३ गते बुटवलको विपीचोक स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट लकर काटेर सुन चोरी भएको थियो ।

व्यावसायिक चोरहरूले योजनाबद्ध तरिकाले पसल लुट्ने उद्देश्यका साथ सँगै रहेको पसल भाडामा लिएर फेन्सी पसल गर्ने भनी सर्तमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । एक वर्ष बस्ने गरी अग्रिम भाडा तीन लाख ६० हजार भुक्तानी दिएका उनीहरूलाई प्रहरीले सोमबार साँझ साढे ५ बजे लुम्बिनीको खुनगाईबाट सवारी साधना चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

भारतीय गाडीमा सवार मोहसिन अब्दुललाह, मोहद जीशन खान र मोहममद सरिकबाट पहेँलो सुन जस्तो देखिने सुन सिक्का, बिस्कुट सय ग्राम ६६ मिलिग्रामसहित मोबाइल, भारु रुपैयाँ, आधार कार्ड र एटिएम कार्डसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

घटनामा पक्राउ परेका ३६ वर्षीय मोहसिन भारत जौहरी मोहल्ला चोक लखनउ, मुख्य योजनाकार ३५ वर्षीय मोहद भारत साइ एन्कलेव गोमती कालोनी लखनउ र २२ वर्षीय सरिक लखनउकै निशान्त गन्जमा बस्दै आएका थिए ।

छेउकै सटर भाडामा लिएर योजनाबद्ध तरिकाले सोमबार बिदाको दिनमा घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले १३ दिनमै उपलब्धि हासिल गरेको छ । दुई किलो ग्रामभन्दा बढी सुन चोरी भएको घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : १६ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन