१९ बैशाख २०८३, शनिबार | May 2, 2026

मौनअवधि सुरु हुनुअघि ५ दलका शीर्ष नेताको संयुक्त अपिल : गठबन्धनको पक्षमा मतदान गर्न आह्वान



काठमाडौं । सत्ता गठबन्धनका दलहरुले गठबन्धनको बलमा मुलकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुन अघि मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले स्थानीय तह नै लोकतन्त्रको प्राणवायु भएको भन्दै गठबन्धनको पक्षमा मतदात गर्न आह्वान गरेका हुन् ।

ुस्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ। अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो। गठबन्धनको बलमा मलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ। यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौुं पाँच दलका शीर्ष नेताको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो विज्ञप्तिमा जनाइएको छ ।

गठबन्धनमा रहेका दलहरुबीच तालमेलको अधिक प्रयत्लका बावजुद कतिपय पालिकामा ुमैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै उनीहरुले मतदान सन्निकट आइपुग्दै गर्दा ुमैत्रीपूर्ण प्रतिस्पर्धा मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा उनीहरुले आह्वान गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : २४ बजे

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा