१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पानी नपर्दा मकै रोप्न समस्या



जाजरकोट । आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् । सिँचाइ सुविधा नभएका कारण आकाशे पानीकाभरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।

पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड-८ का शेरबहादुर खत्रीले बताए ।

वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपेपनि ७०५ किसानको खेतबारी बाँझिएको खत्रीले बताए । त्यस्तै खेतमा धानको ब्याड राख्ने समय सुरु भए पनि पानीकै अभावमा सो काम प्रभावित भएको छ । स्थानीय तहको चुनाव आउन दुई दिन बाँकी रहेकाले यहाँ पनि निर्वाचनको व्यापक तयारी रहेको छ ।

तर पानी अभावमा खेतबारी बाँझिएकाले किसान भने चिन्तित भएका छन् । असिनाले गहुँबालीमा क्षति पुर्याएका कारण पीडित भएका किसान यो याममा मकै रोप्ने तयारीमा थिए । वर्षा नभएकाले जमिन बाँझो हुँदा पशुचौपायलाई चरिचरण पनि हुन नसकेको उनीहरुको भनाइ छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : ४२ बजे

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात