२९ पुस २०८२, मंगलबार | January 13, 2026

रुपन्देहीमा मतदानको तयारी अन्तिम चरणमा, राती अबेर सकिने, मतदान स्थलमा सीसी क्यामेरा (फोटो फिचर)



बुटवल । स्थानीय तह निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको अस्थायी राजधानी रहेको रुपन्देहीमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । १६ वटा पालिका रहेको रुपन्देहीका सबै मतदान केन्द्र र मतदान स्थलहरुमा निर्वाचनको व्यवस्थापन तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान केन्द्रका आवश्यक सबै तयारी भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी दिए । रुपन्देहीमा २०८ मतदान स्थल र ७०० मतदान केन्द्र रहेका छन् । जिल्लामा ३ लाख २३ हजार ७ सय ७८ पुरुष, ३ लाख ८ हजार ५ सय ७४ महिला तथा ८ जना अन्य सहित ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता मतदाता रहेका छन् ।

मतदान केन्द्रहरुमा महिला, पुरुष, अपाङ्ग, असक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टाछुट्टै मतदान गर्ने लाईनको व्यवस्थापन गरिएको छ भने मतदान स्थलको सुरक्षाको पनि पर्याप्त प्रवन्ध मिलाईएको भण्डारीले बताए । मतगणनाका लागि जिल्लाका १६ वटै पालिकामा सीसी क्यामेराको व्यवस्था पनि मिलाइसकिएको उनले बताए ।

फोटो : स्वस्तिक श्रेष्ठ

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ६ : २० बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

सावधान! चुरोटभन्दा हानिकारक हुक्का

काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन

कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले

विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको

नेकपा नेताहरुले खाए नैतिक आचरणयुक्त जीवन बिताउने शपथ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ