१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस विशेष महाधिवेशन : पुरानै विधानअनुसार निर्वाचन हुने



काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधानअनुसार निर्वाचन गर्ने भएको छ ।

नेपाली कांग्रेस विशेष महाधिवेशनद्वारा गठन गरेको निर्वाचन समितिले आज पत्रकार सम्मेलन गरी पार्टीको पुरानो विधानअनुसार निर्वाचन गर्न लागेको जानकारी दिएको हो ।

पार्टीको पुरानो विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्यको निर्वाचन हुने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

विशेष महाधिवेशनले बनाएको कार्यविधिमा पाँच सदस्यीय निर्वाचन समिति रहने व्यवस्थाअनुसार वरिष्ठ अधिवक्ता केसीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

निर्वाचन समितिका संयोजक केसीले मध्याह्न २ः०० देखि ३ः०० बजेसम्म उम्मेदवार मनोनयनको कार्यक्रम रहेको जानकारी दिए। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधि छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ५८ बजे

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि