१९ बैशाख २०८३, शनिबार | May 3, 2026

आज स्थानीय तह निर्वाचन, २१ हजार ९५५ मतदान केन्द्र



काठमाडौं । आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले मतदान गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।

६ महानगरपालिका ११ उपमहानगरपालिका २७६ नगरपालिका र ४६० गरि ७५३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जानएको छ ।
आयोगका अनुसार ३५ हजार २२१ जना निर्वाचित हुने छन् ।

आयोगका अनुसार देशभर १० हजार ७५६ मतदानस्थल रहका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

निर्वाचनमा १ लाख ०९ हजार ०८८ हजार कर्मचारी तथा निर्वाचमा ६५ हजार ८६५ स्वंसेवक खटिने छन् भने ५ हजार पर्यवेक्षक हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : ३८ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय