काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान जारी छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट मतदान गरेका छन् ।
साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले बताएका छन् ।
स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा हिजोनै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।
सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा नगरमा प्रमुखको उम्मेदवार छन् । उनी माओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

उता, गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका छन्।
उनी मतदानका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।




















प्रतिक्रिया