३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’



कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय हित र स्वाधीनतालाई केन्द्रमा राखेर अगाडि बढ्न सबै पक्षलाई आह्वान गरेका छन् ।

आज यहाँ शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देश सभामा उनले नेपाली जनताको अधिकारलाई बलियो बनाउने सङ्कल्पका साथ पार्टी अगाडि बढेको बताए ।

नेता रावलले देशको अर्थतन्त्र बलियो बनाउन युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामी युवा शक्तिलाई मुगलान पठाएर यहाँका खेतपाखा बाँझो राख्न चाहँदैनौँ, उत्पादन बढाएर देशलाई समृद्ध बनाउन लाग्छ । यसमा हाम्रो पार्टीले सम्पूर्ण रूपमा सहयोग गर्छ ।”

नेता डा रावलले ‘जेनजी’ आन्दोलनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र देशमा निर्वाचन सम्पन्न गर्ने दुई मुख्य एजेन्डाससहित सरकार गठन भएको चर्चा गर्दै सरकार अन्य काममा अल्मलिन नहुनेमा जोड दिए ।

सभामा पूर्वमन्त्री भानुभक्त जोशीले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेता खगराज भट्टले आफ्नो पार्टी नैतिक मूल्य–मान्यता र अग्रगामी एजेन्डा बोकेर जनताको माझमा आएको बताए ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १० : ३५ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी