२२ भदौ २०८३, सोमबार | September 8, 2026

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण



बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको घुँइचो बढेको छ । पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलमा आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनीभित्र करिब ४० प्रतिशत महिला उद्यमीहरुका स्टल रहेका छन् । प्रदर्शनीको सुरुवाती चरणबाटै ती स्टलहरुमा अवलोकनकर्ताले बढी चासो राखेका छन् ।

संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीका अनुसार प्रदर्शनीमा करिब १५० वटा स्टल महिला उद्यमीहरुको रहेका छन् । प्रदर्शनीमा आउने अधिकांश अवलोकनकर्ताहरु महिला उद्यमीको उत्पादनमा ध्यान केन्द्रीत गरेको र ती उत्पादनहरुको बिक्री वितरण पनि राम्रो रहेको महिला उद्यम तथा कृषि उपसमितिका संयोजक पार्वती गिरीले बताइन् ।

’अरु स्टलहरुमा भन्दा महिला उद्यमहरुको स्टलमा पुग्नेहरुको भीड लागेको छ, हामीले ती उद्यमीहरुलाई विशेष प्रोत्साहन गरेर प्रदर्शनीमा राखेको अवस्था छ’ उनले भनिन् । घरेलु उत्पादन, सामुहिक उत्पादन, हस्तकला, संस्कृति संरक्षणलगायतका उत्पादनहरुलाई महिला उद्यमीहरुले प्रदर्शनीमा राखेका छन् ।

प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने सहकोषाध्यक्ष राजु घिमिरेले बताए ।

रुपन्देही उद्योग संघ सबै उद्योगीको साझा मन्च भएपनि प्रदर्शनीमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि विशेष सहुलियत दिएको र सहभागी स्टलधनीहरु पनि खुसी भएको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताए । उनले प्रदर्शनीमा सहभागीे उद्यमीका समस्या, श्रमिकका कथा र उत्पादन प्रक्रियालाई सहभागीले विशेष चासो राखेको बताउँछन् ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । यी सबै स्वदेशी उद्योगहरु मात्रै रहेको कोषाध्यक्ष विशाल वेलबासे बताउँछन् ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको रुपन्देही उद्योग संघका प्रबन्धक यादव भण्डारीले जानकारी दिए ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगितालगायतका प्रतियोगिताहरु रहेको सांस्कृतिक उपसमितिका संयोजक लालप्रसाद बस्यालले जानकारी दिए ।

प्रदर्शनीको प्रचार प्रसार संयोजक इं किरण खरेलले प्रदर्शनीमा भएका सबै गतिविधिलाई प्रविधिमार्फत विभिन्न मिडिया तथा सामाजिक सन्जालहरुबाट सार्वजनिक गरिरहेको जानकारी उनले दिए ।

प्रदर्शनीमा मंगलबार बिहान नेपालमा कृषि उत्पादन मानव स्वास्थ्य तथा वातावरणमा किटनाशकको प्रभाव विषयक कार्याशाला गोष्ठी हुने संयोजक डिल्लीनारायण पाण्डेयले बताए ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : ५७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार