२३ भदौ २०८३, मंगलबार | September 9, 2026

सिन्धुपाल्चोकमा सभामुख सापकोटाले, तिलोत्तमामा गृहमन्त्री खाँणले गरे मतदान



काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान जारी छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट मतदान गरेका छन् ।
साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले बताएका छन् ।

स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा हिजोनै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् ।

सभामुख सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा चौतारा नगरमा प्रमुखको उम्मेदवार छन् । उनी माओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

उता, गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका छन्।

उनी मतदानका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : ४८ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी