७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बाबुरामलाई गोप्य मतदान मन परेन, भन्छन – मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन



काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गरेका छन् ।

आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विवादमा तानिएकाले त्यसबारे प्रस्ट पारेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचाररमत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन ?’

उनले गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरेका थिए । आफूले गरेको मतपत्रसमेत सार्वजनिक गरेका थिए । गोप्य हुने भनिएको मतदानको मतपत्र नै सार्वजनिक गरेपछि उनको चौतर्फी आलोचना भएको थियो । आलोचना भएपछि उनले गोप्य राख्न चाहनेलाई मात्र छुट दिने भनेको प्रस्ट पारेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ११ : ५५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल