१२ पुस २०८२, शनिबार | December 27, 2025

स्याङ्जा जिप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त



काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जामा शुक्रबार १४ जनाको मृत्यु हुने गरी भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

वालिङ नगरपालिका–१६ का मतदाता बोकेको ग २ च ३०२६ नम्बरको पिकअप शुक्रबार दुर्घटना हुँदा १४ जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसले दुःख व्यक्त गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा। प्रदिप पराजुलीले जानकारी दिए ।
साथै कांग्रेसका सभापति एवं सम्माननी प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘सभापति देउवाले उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै दुर्घटनापरी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ,’ पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : ५२ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

बागमती । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य

ज्योति डिस्टिलरीको ब्वाइलर विष्फोट हुँदा एकको मृत्यु, छ जना घाइते

रौतहट । कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि