खजुरा । बाँकेको खजुरामा वार्ड नम्बर २ को प्रारम्भिक मत परिणाममा झिनो मतले गठबन्धन उम्मेदवारले अग्रता लिएको छ । वार्ड नम्बर २ को १०५६ मतगणना हुँदा अध्यक्ष पदमा एमाले उम्मेदवारलाई ८ मतले पछि पार्दै गठबन्धन उम्मेदवारले अग्रता लिएका छन् ।
१०५६ मत गणनामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर बिकले ५१९ मत प्राप्त गर्दा एमाले उम्मेदवार सुमन मल्लले ५११ मत पाएका छन् । प्यानल मतपत्र अलग गरेर गरिएको मत गणनामा उप प्रमुखमा पनि ५१९ र ५११ नै मतान्तर रहेको छ । वडा अध्यक्षमा भने गठबन्धनबाट माओवादीका धनराम ओली क्षेत्रीले ४४० मत पाएका छन् भने एमालेका समरबहादुर खत्रीले ४०० मत प्राप्त गरेका छन् ।



















प्रतिक्रिया