१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

इलाममा नेम्वाङ र खनालको गृहनगरमा गठबन्धनका उम्मेदवार अगाडि



इलाम  । इलामका दुई हेवीवेट नेता एमाले उपाध्यक्ष सुवास नेम्वाङ र एकीकृत समाजवादीका सम्मानित नेता भलनाथ खनालको गृहनगरको सुरूवाती परिणाम रोचक देखिएको छ ।

नेम्वाङको गृह नगर इलाममा गठबन्धनका तर्फबाट कांग्रसका उम्मेदवारले अग्रता लिएका छन् ।

कांग्रेसका केदार थापाले १३५ मतसहित अग्रस्थानमा रहँदा एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत सहित पछिपछि छन् ।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले अग्रता लिएकी छिन् ।

यसैगरी खनालको गृहनगर सूर्योदय नगरपालिकामा खनालकै दल नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले १५८ मतसहित अग्रता लिएका छन् । एमालेका उम्मेदवार काजीमान कागतेले  १५२ मत ल्याएका छन् ।

यी दुवै नगरपालिकामा सत्तारूढ दलहरूबीच गठबन्धन बनेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ११ : ३४ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई