६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल



काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथको साइत हेराइका विषयमा टिप्पणी गरेका छन् । अर्थमन्त्री खनालले शपथका लागि साइत जुराईएको विषय आफुलाई मन नपरेको भन्दै सामाजिक सञ्जाल मार्फत टिप्पणी गरेका हुन् ।

उनले आफुहरु सरकारमा जाँदा साइत हेर्ने, देखाउने छुट वा समय नै नभएको उल्लेख गर्दै अर्थमन्त्री खनालले साइत नहेराई बनेको सरकारले इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको दाबी समेत गरेका छन् ।

‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन !!!, तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !!!! ।’

प्रस्तावित प्रधानमन्त्री शाहले भने ज्योतिषहरुबाट निकालिएको साइतमा शंखध्वनी र स्वस्तीवाचन सहित शपथ ग्रहण गर्ने तयारी गरेका छन् । शुक्रबार १२ः३४ बजे शपथ र पदबहालीका लागि २ः१५ बजे उपयुक्त साइत निकालिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ८ : ५६ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा