८ पुस २०८२, मंगलबार | December 23, 2025

गुल्मीमा वडाध्यक्षमा माओवादीले खाता खोल्यो



गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका – १ मा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका उम्मेदवार घनश्याम खरेलले वडाध्यक्ष विजयी प्राप्त गर्दै खाता खोलेका छ्न ।

खरेलले नेकपा एमालेका उमेदवार गोबिन्द बहादुर बलाललाइ दुई तिहाइ भन्दा बढी मतको अन्तरालले पछाडी पार्दै बिजयी भएका हुन । विजयी खरेलले ५५२ मत ल्याएका छ्न भने एमाले उमेदवार बलालले जम्मा १८५ मत ल्याएका छ्न ।

अघिल्लो निर्बाचनमा खरेललाइ झिनो मतको अन्तरले पराजित गर्दै वडाध्यक्षमा वलाल निर्वाचित भएका थिए । वडामा सम्पन्न मतगणनाबाट खरेल सहित गठबन्धनका पुरै प्यानल बिजयी भएको छ ।

गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओबादी केन्द्रका युवराज केसीले अग्रता लिइरहेका छ्न । कुल ८०० मत गणना हुदा ११ मत बदर भएको थियो । पछिल्लो परिणाममा केसि ले ५८१ मत ल्याएका छ्न् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले १८१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि गठबन्धन कै बिष्णु प्रसाद भण्डारीले ४६१ मत ल्याएका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार राधीका अर्यालले २०१ मत ल्याएकी छ्न । उनी निवर्तमान उपाध्यक्ष हुन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १२ : ०९ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक