१२ पुस २०८२, शनिबार | December 27, 2025

बागलुङका चार पालिकामा मतगणना जारी, दुईमा हुन सकेन



बागलुङ । बागलुङ नगरपालिकासहित चार पालिकामा मतगणना ढिलो गरी सुरु भएको छ । दश पालिकामध्ये तीन पालिकामा दिउँसोदेखि मत गणना सुरु भएको छ । साँझदेखि चार पालिकामा मतगणना सुरु भएको छ ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा मत गणना सुरु भएको छ । दिउँसो गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिकाका केही वडाको मत परिणाम आइसकेको तर बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा मत गणना हुन सकिरहेको छैन । ढोरपाटनमा सर्वदलीय बैठकमा नै झडप हुँदा दुई घाइते भएका छन् भने बडिगाडमा सर्वदलीय बैठकमा सहमति हुन सकेको छैन ।

बागलुङ नगरपालिकामा ५ बजेदेखि मतगणना सुरु जारी छ । सर्वदलीय बैठकको निर्णयानुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समिति बागलुङको सभाहलमा भैरहेको छ । मतगणनाको सुरुआत मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गरेका थिए। १४ वडा रहेको बागलुङ नगरपालिकाको दुई स्थानमा मतगणना भइरहेको छ । अहिले बानपा–१ रामरेखा र बानपा–१४ नारायणस्थानको मतगणना भइरहेको छ । ४० हजार ११८ रहेको नगरपालिकामा २५ हजार ८४१ मत खसेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १३ बजे

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं । हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले

भियतनाममा यात्रुबाहक बस पल्टिँदा कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी । भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर र अभिनय रहेको

बालेन र कुलमानबीच छलफल, रास्वपाको प्रस्तावबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत