१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाँकेमा माओवादीले कोहलपुरबाट खाता खोल्यो : वडा नम्बर १ प्यानल विजयी, नगर प्रमुखमा अग्रता कायम



नेपालगन्ज । बाँकेको कोहलपुरबाट माओवादी र एकीकृत समाजवादीको गठबन्धनले विजयीको खाता खोलेको छ । कोहलपुर नगरपालिकामा गठबन्धनको प्यानल नै विजयी भएका छन् ।

कोहलपुर नगरपालिका वार्ड नम्बर १ मा ७२४ मत ल्याएर माओवादी केन्द्रका बद्रि प्रसाद जैसी विजयी भएका छन् । उनीसंगै वडाका सबै पदहरु माओवादीले जित्न सफल भएको छ ।

कोहलपुरको पछिल्लो परिणाम अनुसार नगर प्रमुख पदमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले अग्रता लिएका छन् । उनले ९२५ मत प्राप्त गरेका छन् । उनलाई एमाले खिलप्रसाद भुसालले ५२० मतका साथ पछ्याईरहेका छन् ।

त्यसैगरि उप प्रमुखमा एमालेकी उम्मेदवार अस्मिता कुमारी थारुले ६०८ मतका साथ अग्रता लिएकी छन् भने उनलाई गठबन्धनमा एकीकृत समाजवादी उम्मेदवार नारायणी ओलीले ५३८ मतका साथ पछ्याईरहेकी छन् ।

कोहलपुरमा वडा अध्यक्षमा निकटम प्रतिद्वन्दी एमालेका रुद्र प्रसाद खनालले ६४८ मत ल्याएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ५३ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति