२४ भदौ २०८३, बुधबार | September 9, 2026

बाँकेमा माओवादीले कोहलपुरबाट खाता खोल्यो : वडा नम्बर १ प्यानल विजयी, नगर प्रमुखमा अग्रता कायम



नेपालगन्ज । बाँकेको कोहलपुरबाट माओवादी र एकीकृत समाजवादीको गठबन्धनले विजयीको खाता खोलेको छ । कोहलपुर नगरपालिकामा गठबन्धनको प्यानल नै विजयी भएका छन् ।

कोहलपुर नगरपालिका वार्ड नम्बर १ मा ७२४ मत ल्याएर माओवादी केन्द्रका बद्रि प्रसाद जैसी विजयी भएका छन् । उनीसंगै वडाका सबै पदहरु माओवादीले जित्न सफल भएको छ ।

कोहलपुरको पछिल्लो परिणाम अनुसार नगर प्रमुख पदमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले अग्रता लिएका छन् । उनले ९२५ मत प्राप्त गरेका छन् । उनलाई एमाले खिलप्रसाद भुसालले ५२० मतका साथ पछ्याईरहेका छन् ।

त्यसैगरि उप प्रमुखमा एमालेकी उम्मेदवार अस्मिता कुमारी थारुले ६०८ मतका साथ अग्रता लिएकी छन् भने उनलाई गठबन्धनमा एकीकृत समाजवादी उम्मेदवार नारायणी ओलीले ५३८ मतका साथ पछ्याईरहेकी छन् ।

कोहलपुरमा वडा अध्यक्षमा निकटम प्रतिद्वन्दी एमालेका रुद्र प्रसाद खनालले ६४८ मत ल्याएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ५३ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी