चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादीका मेयर उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ ।
वडा नम्बर १ को मतगणना सकिँदा रेनु १२१ मतले अगाडि रहेकी छिन् । रनुले अहिलेसम्म १२०८ मत पाएकी छिन् । उनका निकतटम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले १०८७ मत ल्याएका छन् ।
कांग्रेसबाट बागी बनेका जगन्नाथ पौडेलको पनि ४३० मत ल्याएका छन् ।
यो वडाबाट उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३६५ मत पाएका छन् । राप्रपाका हिमला गुरूङले ८७७ मत पाएका छन्।
वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका केशव महर्जन एमालेका शुक्रकुमार श्रेष्ठलाई ८४ मतले पछि पार्दै विजयी भएका छन्।
वडा नं. १ मा उक्त वडाको ३२७७ मत खसेको थियो ।



















प्रतिक्रिया